२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

ठूलो निर्णय गर्न ठूलै ठाउँमा बस्नुपर्ने रहेछ, त्यो राजनीति हो : विनोद चौधरी

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । व्यवसायी तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले राजनीतिमार्फत मात्र समग्र क्षेत्रको र दिगो परिवर्तन हुन सक्ने बताएका छन् ।

कांग्रेसबाट नवलपरासी पश्चिम १ मा उम्मेदवार रहेका उनले सुनौलो नेपालको निर्वाचन विशेष बहस 'अब तपाईं किन ?' मा यस्तो बताएका हुन् ।

नवलपुरमा रहेको आफ्नो उद्योग ग्राम स्थापना गर्न ३२ वर्ष लागेको उदाहरण दिँदै हरेक जिल्लामा एउटा उद्योग ग्राम होस् भन्ने आफ्नो सपना रहेको उनले बताए । तर, त्यस्तै उद्योग ग्राम स्थापनाका लागि कुर्सीमा बस्ने मान्छेको सिग्नेचर चल्नुपर्ने यथार्थ रहेको उनको भनाइ छ।

उनले भने, ‘एउटा उद्योमीले जतिसुकै ठूलो सपना देखेपनि राष्ट्रिय स्तरमा परिवर्तन ल्याउनका लागि, सबैको जीवनमा प्रभाव पार्नका लागि, ठूलो स्केलको निर्णय गर्न ठूलै ठाउँमा बस्नुपर्ने रहेछ । त्यो भनेको राजनीति हो ।’

यद्यपि, परिवर्तनका लागि राजनीति गर्ने व्यक्तिहरु इमान्दार हुनुपर्ने उनको धारण छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट