२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

लामिछानेको आरोपमा पूर्व सभामुख घिमिरेको आपत्ति : 'माइक काट्ने विषय सभामुखको व्यक्तिगत विचार होइन'

मंगलवार , फाल्गुण १२, २०८२

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिर्तामोडमा दिएको अभिव्यक्तिप्रति निवर्तमान सभामुख देवराज घिमिरेले आपत्ति जनाएका छन् ।

आज झापा २ मा पुगेका लामिछानेले घिमिरे सभामुख हुँदा ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाएका थिए । सोही आरोपको खण्डन गर्दै निवर्तमान सभामुख घिमिरेले कडा आपत्ति जनाएका हुन् ।

घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवार वा दलले आफ्ना कार्यक्रम, योजना र जनताका लागि एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत आरोप र विभाजन फैलाउने राजनीति दीर्घकालीन रूपमा टिक्न नसक्ने स्पष्ट पारे। उनले संसदमा प्रत्येक सदस्यलाई अभिव्यक्ति दिने अधिकार भए पनि संसदीय नियमावलीअनुसार समय निर्धारण हुने र सोही पूर्वनिर्धारित प्रक्रिया अनुसार माइक काटिने/काटिएको स्पष्ट गरे।

“माइक काट्ने विषय सभामुखको व्यक्तिगत विचार होइन, संसदको नियम र समय व्यवस्थापनसँग जोडिएको प्रक्रिया हो,” घिमिरेले भने, “संसदको वेबसाइट हेर्दा म मात्र होइन, उपसभामुख वा सभाको अध्यक्षता गर्ने अन्य माननीयहरूका पालामा पनि माइक काटिएको तथ्य देखिन्छ।” उनले संसदीय अभ्यासको सामान्य जानकारी हुने व्यक्तिले यस्ता कुरालाई गलत रूपमा व्याख्या गर्नु अनुचित भएको टिप्पणी गरे।

रवि लामिछानेले फैलाएको घृणाप्रति खेद व्यक्त गर्दै घिमिरेले आफू पनि प्रत्यारोप गर्न सक्ने भए पनि आक्षेप, अफवाह र लान्छनाको राजनीतिबाट टाढा रहने स्पष्ट गरे।

घिमिरेले झापा क्षेत्र नम्बर २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको उल्लेख गर्दै प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने आफ्नो पूर्व प्रतिबद्धता पुनः स्मरण गराए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट