२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेवाला छ : प्रचण्ड

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पाटी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्वपूर्ण हुनेवाला रहेको दाबी गरेका छन् ।

मंगलबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकताहरुलाई पार्टी प्रवेश गराउदै प्रचण्डले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेकाले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्वपूर्ण हुनेवाला रहेको बताएका हुन् ।

निर्वाचन आउन केहि दिनमात्रै बाँकी रहेको अवस्थाका सवै नेता तथा कार्यकर्ताले अझ धेरै मेहनत गरे नेकपा एक नंवरको पार्टी हुने उनले बताए । प्रचण्डले नेकपा गठन भएपछि धुव्रिकरणको नयाँ माहोल बनेको भन्दै फेरी सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुने धारणा राखे । उनले एमालेमा केपी ओलीको कार्यशैलीप्रति निकै विरोध रहेकाले एमालेकै नेता तथा कार्यकताले फेरी एकताको झण्डा उठाउन सहयोग गर्ने उल्लेख गरे ।

देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट