२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवन–३ मा चुनावी रापः भरतपुरको जग बसाएँ, अब देश बनाउँछु: रेनु दाहाल (भिडियो सहित)

बुधवार , फाल्गुण १३, २०८२

चितवन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा राजनीतिक सरगर्मी तीव्र बनेको छ । यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले चुनावी अभियान तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएकी छन् ।

यसैबीच, सुनौलो नेपालको निर्वाचन विशेष बहस ‘अब तपाईं किन ?’ कार्यक्रममा बोल्दै दाहालले भरतपुरको विकासमा आफूले बलियो जग बसालेको दाबी गर्दै अब सिंगो देशको समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन् ।

उनले आफु मेयर हुँदा आफ्नो नेतृत्वमा एक हजार किलोमिटर सडक कालोपत्रे भएको तथा नारायणी नदीमा अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको काम सुरु भएको जानकारी दिइन् । साथै, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रिय सिटी हल र नारायणी तटबन्धजस्ता ठूला परियोजनाको स्पष्ट खाका तयार पारिएको उनको भनाइ छ । शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी पनि उनले गरिन् ।

चितवनलाई वैकल्पिक राजधानीका रूपमा विकास गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सार्दै उनले भनिन्, “म जे बोल्छु, त्यो गरेरै छोड्छु ।” उनका अनुसार अबको प्राथमिकता माडी क्षेत्रको सडक स्तरोन्नति र निकुञ्जका वन्यजन्तुबाट हुने जोखिमबाट स्थानीयलाई पूर्ण रूपमा मुक्त गराउनु रहेको छ ।

बहसका क्रममा उनले जसको नीति, उसैको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै जेन–जी आन्दोलनलाई अरूले हाइज्याक गरी विध्वंश मच्चाएको आरोप समेत लगाइन् ।

हाल दाहाल मतदाताको घरदैलोमा पुगेर स्थानीयका गुनासा सुन्ने र सुझाव सङ्कलन गर्ने कार्यमा व्यस्त छन् । चितवनका जनतासँग आफ्नो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै उनले निर्वाचनमा काम गर्न र जित्न सहज हुने विश्वास व्यक्त गरिन् ।

https://www.youtube.com/watch?v=A4NokzKjG3w

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट