रुपन्देही । रास्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा रुपन्देही–२ बाट आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेका सुलभ खरेलले भ्रष्टाचार सम्बन्धी कानुन २०५९ लाई अत्याधिक रुपमा संशोधन गर्नुपर्ने आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।
सुनौलो नेपालको निर्वाचन विशेष बहस ‘अब तपाईं किन ?’ कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारलाई समाजमा र कानुनमा सामान्य त्रुटिका रुपमा हेर्न नहुने र भ्रष्टाचारीलाई आजिवन कारावासको व्यवस्था हुनुपर्ने बताए । उनले त्यससमा कति रकम भन्नेमा छलफल गर्न सकिने र प्रकृयामा कडाई गर्नुपर्ने बताए ।
साथै, कुनै पनि नेताले मन्त्री, प्रधानमन्त्री हुँदा आफूले भ्रष्टाचार रोक्छु भनेर जनतासँग बाँचा गरेर जानुपर्ने बताए । भ्रष्टाचार राक्ने क्रममा प्रधानमन्त्रीलाई पनि बलियो बनाउनुपर्ने उनको भनाई छ ।

त्यस्तै, उनले राजनीतिक दल सम्बन्धी ऐनमै पनि संशोधन आवश्यक रहेको बताए । कुनै पनि व्यक्तिलाई दुई कार्यकाल भन्दा बढी पार्टीको नेतृत्व गर्न नपाउने गरेर कानुनमै व्यवस्था हुनुपर्ने उनको भनाई छ । प्रतिनिधि सभा निर्वाचन सम्बन्धी ऐनमा पनि संशोधन आवश्यक रहेको भन्दै एक व्यक्तिलाई धेरैमा चारपटक भन्दा बढी सांसद हुन नपाउने गरी ऐनमा राख्नुपर्ने बताए ।
पुराना नेताहरुले जनआकांक्षा अनुसार काम नगरेकै कारण फागुन २१ को निर्वाचन आएको उनले बताए । उनले भने, ‘उनीहरुले काम गरेनन्, जनताप्रति जिम्मेवार बनेनन् । केही व्यक्तिहरुले राज्यसत्ता कब्जा गरे, राजनीतिक दल कब्जा गरे । र व्यक्तिले चुनाव जितिरहने, जनता हारिरहने महसुस गरेपछि युवाहरुले विद्रोह गरे, जुन भदौ २३ र २४ गतेको विद्रोह देख्यौँ ।’
‘देशमा युवाहरु बस्नै नसक्ने अवस्था भएपछि सरकारको आवस्यकता के ? प्रतिनिधि सभाको आवस्यकता के ? चुनावकै लागि चुनाव हुने भए यसको आस्यकता के ? भन्ने कुरा बुझिसकेपछि युवाहरु भ्रष्टाचारविरुद्धको महाअभियानमा अघि बढे’ उनले भने ।
https://youtu.be/26vwB-uyg00
प्रतिक्रिया दिनुहोस