२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

स्वच्छ र निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउँछ, अहिले नेकपाको जस्तो सक्रियता कसैको छैन : प्रचण्ड

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ र निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउने बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाडामा बामबुद्धिजीविहरूसँग छलफल गर्दै प्रचण्डले अहिलेको स्थिति हेर्दा स्वच्छ निष्पक्ष चुनाव भए केहि स्थानमा बाहेक अधिकांश स्थानमा नेकपाको नजिता राम्रो आउने बताएका हुन् । उनले अहिले चूनावका लागि नेकपाको जस्तो सक्रियता अरु कसैको नदेखिएको जिकिर गरे ।

मुलुकको परिवर्तनको बाहक आफुहरु नै भएकाले हिजोका सहयात्रीहरुसँग मिलेर वैदेशिक दलालहरूका विरुद्ध लाग्नुपर्ने जिम्मेवारी पनि नेकपाकै रहेको उनले बताए ।

प्रचण्डले निर्वाचनका क्रममा कसैलाई गाली गलौज गर्नुभन्दा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र संकटबाट देशलाई बचाउने कुरा गरिरहेको धारणा राखे ।

उनले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउनका लागि बुद्धिजीवीहरूको भूमिका समेत निकै महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट