२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

निर्वाचन शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न सबै पक्षलाई आग्रह

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न सबै पक्षलाई आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायीत्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मगरले सम्भावित अवाञ्छित गतिविधिहरु नगरी वा नगराई नागरिकको मानव अधिकारको सम्मान गर्न र सन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सबै पक्षलाई आग्रह गरेका छन् ।

सबै पक्षहरुले धैर्यता र संयमता अपनाउन, अरुप्रति लक्षित अमर्यादित र घृणायुक्त एवम् सामाजिक तथा साँस्कृतिक सद्भाव विथोलिने अभिव्यक्ति नदिन र त्यस प्रकारका सामग्री प्रकाशन–प्रसारण नगर्न समेत सबै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले निर्वाचनको खर्च समेत पारदर्शी हुनुपर्ने बताए । निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्नुपर्ने प्रावधान निकै व्यवहारिक भएको भन्दै उनले बैंक खातामा पारदर्शिता हुनुपर्ने उल्लेख गरे ।

मगरले निर्वाचन आचांरसंहीता बिपरितका गतिविधि गर्ने सामाजिक सञ्जाल सञ्चालकलाई समेत कानूनी कारवाहीमा ल्याउनुपर्नेमा जोड दिए । योग्य र सक्षम प्रतिनिधि निर्वाचित गराएर देशको शासन गर्ने ठाँउमा पठाउन सबैले योगदान गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट