२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कांग्रेसको चुनावी सभा आज सुर्खेत र बाँकेमा हुँदै, सभापति थापाले सम्बोधन गर्ने

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा आयोजना गर्दैछ ।

चुनावी सभा मध्याह्न १२ः३० बजेपछि वीरेन्द्रनगर नगरपालिका–स्थित घण्टाघर डबलीमा हुनेछ । उक्त सभालाई कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सुर्खेतको सभा सम्पन्न भएपछि कांग्रेसले आजै बाँके–३ अन्तर्गत पर्ने जानकी गाउँपालिका–३ मानपुरमा पनि चुनावी सभा गर्दैछ। मानपुरमा हुने सभा दिउँसो १ः३० बजे सुरु हुनेछ । मानपुरको चुनावी सभालाई पनि कांग्रेस सभापति थापाले सम्बोधन गर्नेछन् ।

यसैबीच, कांग्रेसले भोलि (शुक्रबार) बुटवलमा समेत चुनावी सभा गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट