काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
सिंगापुर एयरलाइन्सको उडानमार्फत देउवा बुधबार नै सिंगापुरतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ। देउवासँगै केही अन्य व्यक्ति पनि सिंगापुर गएका छन् ।
पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन भएपछि देउवा सक्रिय राजनीतिक गतिविधिबाट टाढा रहेका थिए ।
यसअघि ‘जेनजी आन्दोलन’का क्रममा उनीमाथि कुटपिट भएको र त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए । यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका देउवा चुनावको मुखमै विदेश प्रस्थान गरेका हुन् ।
कांग्रेसको परम्परागत क्षेत्र डडेल्धुराबाट यसपटक पार्टीले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ।
प्रतिक्रिया दिनुहोस