२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

निर्माण भइसकेको पूर्वाधारको सुधारमा केन्द्रित हुन्छु : एमाले उम्मेदवार भट्टराई

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि निर्माण भएका पूर्वाधारमा गुणात्मक सुधार गर्न आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।

बिहीबार घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले बाटाघाटो, ढल, खानेपानी, स्वास्थ्य लगाएतका क्षेत्रको पूर्वाधार यसअघि नै निर्माण भइसकेको भन्दै अब उक्त पूर्वाधारको सुधार गर्न आफ्नो ध्यान केन्द्रित हुने बताएका हुन् ।

निर्वाचनका सन्दर्भमा पार्टीले घोषणा गरेक राष्ट्रिय तहका केही मुद्दाहरूका साथै स्थानीय मुद्दाहरू प्राथमिकतामा रहेको उनको भनाइ छ । भट्टराईले मुलुकमा केहि हुँदैन भन्ने भाष्य र युवाहरुको असन्तुष्टिलाई सम्बोधन हुने गरि युवा स्वरोजगारका कार्यक्रमहरु अघि बढाउने उल्लेख गरे ।

रोजगारी सिर्जना गर्नका लागि लगानीमैत्री वातावरण, स्वदेशी लगानीको वृद्धि, वैदेशिक लगानी भित्र्याउनका लागि पनि नीति निर्माणको तहमा अत्यन्त आकर्षक प्याकेजहरु बनाइने उनले बताए ।

भट्टराईले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्दै सहज रुपमा जनताको काम हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट