२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कांग्रेस प्रवेश गर्दै नवलपरासी रास्वपा सभापति ठकुरीले भने : ‘कागजी बाघ छोडेर असली बाघ रोजेँ

बिहिवार , फाल्गुण १४, २०८२

नवलपरासी । नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराएका हुन् । उनले ठकुरीलाई खादामालाले स्वागत गरे ।

नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्दै ठकुरीले ‘कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको’ बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट