२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

निर्वाचन देश बनाउने संकल्पको जनमत हो, देश बनाउने शक्ति विजयी हुनुपर्छ : नेता पोखरेल

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौँ । काठमाडौँ निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरुले देश बनाउने संकल्पको जनमतका रुपमा लिएको बताएका छन् ।

सो क्षेत्रअन्तर्गत काठमाडौँ महानगरपालिका–३ स्थित चुनावी कार्यक्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरु देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा रहेको स्पष्ट गरे ।

उनले विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेण्डा एमालेसँग रहेको तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको बताए ।

नेता पोखरेलले आफू झण्डै तीन दशकदेखि काठमाडौँ–५ मा सक्रिय रहेको र यहाँका जनताको सेवाका लागि कटिबद्ध रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट