२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चुनावी दौडाहामा कांग्रेसका शीर्ष नेता: रुपन्देहीदेखि कास्कीसम्म आजै विशेष सभा

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आज तीन ओटा स्थानमा विशेष चुनावी सभाको आयोजना गर्दैछ । उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने पार्टीले बताएको छ । 

कांग्रेसले गर्ने रुपन्देहीको बुटवल, बागलुङ र कास्कीको चुनावी सभामा सभापति थापासहितका पदाधिकारीहरू सहभागी हुने बताइएको हो । 

पार्टीका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ । दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा हुनेछ । 

त्यहाँ नेताहरूले सम्बोधन गर्नेछन् । ती चुनावी सभामा ठूलो संख्यामा अन्य दलबाट पार्टी प्रवेश गराउनेसमेत कार्यक्रम रहेको छ । 

यसअघि सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । सुर्खेतमा उपसभापति पुष्षा भुषाल गौतम रहेकी थिइन् भने उपसभापति शर्मा हिजो नवलपरासी पश्चिममा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट