२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

नयाँका नारामा बहकिँदा यसअघि देशको महत्वपूर्ण समय खेर गयो : सभापति थापा

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँका नारामा बहकिँदा यसअघि देशका महत्वपूर्ण समय खेर गएको भन्दै पुराना र नयाँको नारामा नभइ स्पष्ट भिजन भएका पार्टीलाई चयन गर्न आग्रह गरेका छन् ।

शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सबैलाई समेटेर जनताले चाहेको जस्तो देश बनाउन पाँच बर्षको स्पष्ट भिजनका साथ पार्टी अघि बढेको बताएका छन् । उनले संविधान संशोधन गर्दै देशलाई अघि बढाउन सबैको साथ आवश्यक रहेकाले निषेधको राजनीति गर्ने मनोवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले अहिले देखिएका समस्याको पहिचान गर्दै कानुन संशोधन गर्नुपर्ने जरुरी रहेको बताए । सभापति थापाले कुनै एक व्यक्तिले मात्रै चमत्कार गर्न नसक्ने भएकाले पद्दतीमा सुधार गर्नुपर्ने धारणा राखे ।

अहिलेको अवस्थामा कांग्रेसलाई भोट नहाल्नुपर्ने एउटा पनि कारण नरहेकाले कसैलाई गाली नगरि मतदातालाई सम्झाउन उनले नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट