२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गौशालाबाट सुरु

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ उपत्यकामा केन्द्रित ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ शुक्रबार बिहान गौशालाबाट सुरु गरेको छ। उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्ला समेट्ने गरी कार्यक्रम सञ्चालन गरिएको पार्टीले जनाएको छ।

कार्यक्रम पशुपतिनाथ मन्दिर प्रवेशद्वार नजिकैबाट सुरु भएको हो। बेलुकी ६ः३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर कार्यक्रम समापन गर्ने तालिका सार्वजनिक गरिएको छ।

सार्वजनिक रुट म्यापअनुसार यात्रा चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरका विभिन्न क्षेत्रबाट ललितपुर प्रवेश गर्नेछ। ललितपुरको पुलचोकमा दिउँसो १ः०० बजे छोटो विश्रामपछि कार्यक्रम पुनः सुरु हुनेछ।

दोस्रो चरणमा कालिमाटीबाट टेकु, थापाथली, कीर्तिपुर, बल्खु, चन्द्रागिरी, स्वयम्भू, बालाजु, टोखा, बुढानीलकण्ठ, बालुवाटार, नयाँ बानेश्वरलगायत क्षेत्र हुँदै वनस्थली चोकस्थित ‘घण्टी घर’ मा पुगेर कार्यक्रम समापन हुने जनाइएको छ।

पार्टीले कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार रहेको जनाएको छ। सुरक्षा व्यवस्थापन तथा सवारी आवागमन व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट