२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

भोटेकोसीमा गाडी खसेपछि गृहमन्त्री गुरुङ पुगे घटनास्थलमा

आइतवार , श्रावण १०, २०८३

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसल दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुगेका छन् । 

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि १० वटा ड्रोनसहित तीनवटै सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ चालक कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजीमा परिचालन भएका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ । 

दुर्घटनास्थल गहिरो खोँच, धमिलो पानी र नदी किनारका विशाल चट्टानले  खोजी तथा उद्धारमा चुनौती  थपेका समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट