२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

नुवाकोटमा कांग्रेस, एमाले र रास्वपालाई धक्काः २०० बढी नेता–कार्यकर्ता उज्यालो नेपालमा प्रवेश

शनिवार , फाल्गुण १६, २०८२

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा तथा राष्ट्रिय स्वतन्त्र पार्टी लगायत विभिन्न राजनीतिक दल परित्याग गरी २०० भन्दा बढी नेता तथा कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने प्रमुख व्यक्तित्वहरूमा ट्रेड युनियन नेपाली काँग्रेसका केन्द्रीय सदस्य मेघ बहादुर तामाङ, नेपाली काँग्रेसका श्याम तामाङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पा तामाङलगायत रहेका छन् ।

उज्यालो नेपाल पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशीहरूलाई टीका, माला तथा खादा लगाएर औपचारिक स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेघ बहादुर तामाङले देशमा सुशासन, पारदर्शिता र विकासको स्पष्ट दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै कुलमान घिसिङजस्तो दृढ र परिणाममुखी नेतृत्वको आवश्यकता महसुस गरी आफूहरू उज्यालो नेपाल पार्टीमा आवद्ध भएको बताए । उनले किस्पाङ गाउँपालिकामा अब उज्यालो नेपाल पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष घिसिङले नवप्रवेशी नेता–कार्यकर्तालाई धन्यवाद दिँदै पार्टीले ऊर्जा, सुशासन, रोजगारी र समृद्धिका एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । उनले स्थानीय तहदेखि संघसम्म सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर लाग्न आह्वान गरे ।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। किस्पाङ गाउँपालिकामा पछिल्लो समय उज्यालो नेपाल पार्टीप्रति आकर्षण बढ्दै गएको बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट