काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा ललितपुर क्षेत्र नम्बर–२ का उम्मेदवार जगदीश खरेलले सम्पदा संरक्षणको लागि र जातिय विविधता जोगाउनको लागि आफूले ललितपुर–२ बाट उम्मेदवारी दिएको बताएका छन् ।
सुनौलो नेपालको निर्वाचन विशेष कार्यक्रम ‘अब तपाई किन ?’ मा बोल्दै उनले भने, ‘यो मेरो आफ्नो बसोबास गरेको र म यही क्षेत्रको भोटर पनि हो । त्यसैले यो क्षेत्रको सम्पदा संरक्षणको लागि, नेवा सभ्यता संरक्षणको लागि, जातिय विविधता जोगाउनको लागि, पूर्वाधार विकासको लागि, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत समस्या समाधानको लागि र सबैभन्दा ठुलो समस्या खानेपानीलगायत धेरै समस्याहरु छन्, त्यसको समाधानका लागि पनि मेरो उम्मेदवारी यहाँबाट हो ।’
मुलुकमा परिवर्तन ल्याउनका लागि ललितपुर–२ ले इतिहासदेखिनै ठुलो भूमिका खेलेको बताए । राजनीतिक परिवर्तन ल्याउन ललितपुरले ठुलो भूमिका निर्वाह गरेकै कारण आफूहरु राजनीतिमा आएको बताए ।
उनले जेनजी आन्दोलनपछि आवस्यकता र वाध्यताका कारण आफू राजनीतिमा आएको पनि बताए । सरकारमा हुँदा चुनाव गर्ने वातावरण बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले जेनजीहरुलेनै आफूलाई आग्रह गरेपछि निर्वाचनमा उम्मेदवारी दिएको बताए । उनले भने, ‘जेनजीहरुलेनै मलाई २–३ महिनाको मन्त्रीको लोप नगर, अब एक चोटी संसदमा जानुपर्छ, जेनजीहरुका आवाज संसदमा पनि उठाउनुपर्छ भन्ने कुरा आएपछि मुलुक परिवर्तन गर्न चुनावमा होमिएको हुँ ।’
उनले जनताको सबैभन्दा ठुलो भावना परिवर्तनको लागि भएको बताए । जनतामा मुलुकमा केही होस् भन्ने चाहाना भएको उनले बताए ।
भिडियो :
https://youtu.be/pilLte_pUKU
प्रतिक्रिया दिनुहोस