काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठूलो जनमत संग्रहजस्तो भएको बताएका छन् ।
शनिबार कपिलवस्तु कृष्णनगरमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर मुलुकको रक्षा गर्ने समय आएको भन्दै आगामी निर्वाचन जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठूलो जनमत संग्रहजस्तो भएको बताएका हुन् ।
उनले निर्वाचनमा राष्ट्रको एकतालाई प्रवद्र्धन गर्न चाहने शक्ति र राष्ट्रलाई संकटमा धकेल्ने प्रवृत्ति समेत अहिले चूनावी प्रतिष्पर्धामा रहेको धारणा राखे । राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने शक्तिलाई मतदान गर्ने या अरूलाई भन्ने एउटा अहम प्रश्न मतदाताको अगाडी रहेको उनले बताए ।
प्रचण्डले मुलुकमा निर्वाचन हुने अवस्था सिर्जना हुनु नेकपाका लागि निकै गर्वको बिषय भएको भन्दै पार्टीको पक्षमा राम्रै नजिता आउने दावी गरे ।
प्रतिक्रिया दिनुहोस