काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना दलहरुले देशका लागि काम नगरेपछि आफुहरु चूनावी मैदानमा आउनुपरेको बताएका छन् ।
शनिबार ललितपुरको जावलाखेलमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै उनले पटक पटक जनताले जिताएर पठाउदा समेत देशका लागि काम नगरेपछि आफुहरु चूनावी मैदानमा आउनुपरेको बताएका हुन् ।
उनले जनेजी आन्दोलनपछि मुलुक संकटमा पर्दा ठूला भनिएका दलका नेताहरु कति कतै नदेखिएको तर्क गरे । त्यस्तै साम्पाङले घण्टी बजाउँदै आएको दल अब पुरानो नभएको समेत उल्लेख गरे । रास्वपाका सभापति दुईपटक उपप्रधान एवं गृहमन्त्री भइसकेकाले यसले आफुलाई नयाँ दल भन्न नमिल्ने उनको भनाइ छ ।
साम्पाङले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नै सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै दोषजति सवै जीबी राईमाथि थोपर्ने काम गरेको समेत आरोप लगाए ।
उनले देश बनाउने जिम्मेवारी युवाहरुको नै भएकाले उनीहरुलाई उत्पादन र विकासको शक्ति बनाउने योजना रहेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस