२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

देशमा सुशासन कायम गर्दै विकास र समृद्धि हासिल गर्न परिणाममुखी काम गछौँ : कुलमान घिसिङ

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै विकास र समृद्धि हासिल गर्न परिणाममुखी काम गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घिसिङले आफुहरुले देशका लागि परिणाममूखी काम गरेर राजनीतिमा होमिएको भन्दै आगामी दिनमा पनि देशमा सुशासन कायम गर्दै विकास र समृद्धि हासिल गर्न परिणाममुखी काम गर्ने बताएका हुन् ।

देशलाई समृद्ध तथा अगाडि बढाउनको लागि उज्यालो नेपाल पार्टी दर्ता गरेर चूनावमा होमिएको उल्लेख गर्दै उनले आफुहरुले अघि सारेका एजेण्डाको कार्यान्वयनका लागि जनताले मत दिएर सरकारमा सशक्त रुपमा प्रस्तुत हुने मौका दिने धारणा राखे ।

उनले आफुहरु नेता बन्नका लागि नभइ जनताको सेवक हुनका लागि राजनीतिमा आएको बताए ।

उनले देशमा देखिएका तमाम अँध्यारोलाई हटाएर उज्यालो ल्याएरै छाड्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट