२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कुनै पनि दलसँग चुनावी तालमेल हुँदैन, राप्रपा बेग्लै पहिचान बोकेर अगाडि बढेको छ : राजेन्द्र लिङदेन

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरी चूनावमा होमिएको स्पष्ट पारेका छन् ।

शनिबार झापाको बाह्रदशी स्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरुसँग पार्टीले चुनावी तालमेल नगरेको स्पष्ट पारेका हुन् ।

उनले राप्रपा मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै देश र जनता जोगाउने हो भने यो ब्यबस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भुमरीमा फस्ने दाबी गरे । लिङ्देनले राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताए । अध्यक्ष लिङ्देनले सिंहदरबार जलाउने र सिंहदरबार जोगाउन नसक्नेको बीचमा राप्रपा बेग्लै पहिचान बोकेर अगाडि बढेको उल्लेख गरे ।

राप्रपालाई बहुमत नदिए देश नै नरहने जिकिर गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा बहुमत दिन आम मतदातालाई अपिल समेत गरे ।

अहिले देशमा दुइखाले अतिवाद हावी भइरहेको अवस्थामा देशलाई स्थिर र समन्वयकारी शक्तिको खाँचो रहेको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी संसदमा बलियो राप्रपा चाहिने हुँदा सोचविचार गरेर मतदान गर्न मतदातालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट