२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

राजेन्द्र पाण्डेका कार्यकर्ताले आफ्नो गाडी ‘कुच्याइदिएको’ आशिका तामाङको आरोप, घटना के हो ?

शनिवार , फाल्गुण १६, २०८२

धादिङ । शनिबार धादिङ १ की रास्वपा उम्मेदवार आशिका तामाङले आफ्नो सवारीसाधन नेकपाका उम्मेदवार राजेन्द्र पाण्डेका कार्यकर्ताले कुच्याइदिएको भनेर सामाजिक सञ्जालमा फोटो राखिन् ।

‘राजेन्द्र पाण्डे आफूले बोकेर ल्याएका कार्यकर्ताले फोगटपुर भन्ने ठाउँमा मेरो पछाडि भएको गाडीलाई चारपर्टीबाट घेराबन्दी गरी हप्काउने, थर्काउने गरी, गाडी नै कुच्चिने गरी लात्तैलात्ताले हानी कुच्याएका छन्,’ उनले लेखेकी छिन् ।

तर तामाङले दाबी गरेको जस्तो घटना भने नभएको प्रत्यक्षदर्शी विवेक अर्यालले बताए । उनका अनुसार साँघुरो बाटोमा दुईवटा गाडी पास गर्ने समयमा तामाङ सवार गाडी धुलोमा फसेको र मानिसहरूले धकेल्दा केही भाग बांगिएको हो ।

अर्यालका अनुसार थाक्रे गाउँपालिका–८ मा नेकपाको घरदैलो थियो । कार्यक्रमपछि नेकपाको टोली धार्के बजार झर्दै थियो । रास्वपाको टोली धार्के बजारबाट घरदैलोमा जाँदैगर्दा फोगटपुरमा जम्काभेट भयो । साँघुरो बाटोमा जम्काभेट हुँदा सवारी पास गर्नुपर्ने भयो ।

पास गर्ने क्रममा तामाङको गाडी धुलोमा फस्यो । दुई सवारीलाई पास गराउने क्रममा केही मोटरसाइकल चालकहरूले तामाङको फसेको गाडीलाई धकेलेर अगाडि बढाउन लागेका थिए । त्यतिबेला पाण्डे रास्वपाका कार्यकर्तासँग हात मिलाएर औपचारिकता निभाइरहेका थिए ।

'सवारी धकेल्ने बेला रास्वपाका कार्यकर्ताले घण्टी घण्टी भनेर धकेल्ने र नेकपाका कार्यकर्ताले तारा तारा भन्दै बल लगाएका थिए । गाडी धकेलिसकेपछि गाडीको डण्डी समातेर धकेल्दा सो डण्डी बांगिएको थियो । गाडी धकेल्नेहरूमा दुवै पार्टीका कार्यकर्ता, स्थानीय र अन्य सवारी चालक पनि थिए', अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट