२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

होलीले आपसी प्रेम र एकता बढाओस्, निर्वाचनले लोकतन्त्र बलियो बनाओस्ः सभापति थापा

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गरेका छन् ।

नेपाली समाजका विविध भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै उनले फागु पूर्णिमा आपसी प्रेम, एकता र सद्भावको पर्व भएको बताएका छन् ।

शुभकामना सन्देशमा उनले फागु पूर्णिमासँगै प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा आएको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

लोकतन्त्र सुदृढीकरण र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै नेपालीलाई उनले आह्वान गरेका छन् ।

उनले फागु पूर्णिमाले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट