२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रास्वपाको मूख्य ध्येयनै यसपटक आफ्नो नेतृत्वमा सरकार बनाउनु हो : शिशिर खनाल [भिडियोसहित]

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख तथा काठमाडौं क्षेत्र नम्बर–६ का उम्मेदवार शिशिर खनालले रास्वपाको मूख्य ध्येयनै यसपटक आफ्नो नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् ।

सुनौलो नेपालको निर्वाचन विशेष कार्यक्रम ‘अब तपाई किन ?’ मा बोल्दै उनले अबको दश वर्षमा नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकका रुपमा रुपान्तरण गर्ने उद्देश्य भएको बताए । उनले चुनावमा पनि आफूहरुले त्यसकै लागि मत मागीरहेको बताए ।

उनले काठमाडौं ६ मा विशेषगरी खानेपानीको समस्यानै प्रमुख रहेको बताए । उनले काठमाडौं ६ का समस्या खानेपानी, शान्ति–सुरक्षा, सार्वजनिक जग्गालगायत विषयमा यहाँको प्रतिनिधिका रुपमा आफूले आवाज उठाउने र सरकारलाई दवाव दिएर समाधान गर्नेतर्फ जोड दिने बताए ।

उनले भने, ‘समस्याको हिसाबले काठमाडौं ६ का विभिन्न स्थानमा पुग्दा यहाँका जनताले खानेपानीको नै मूख्य समस्या छ भनेका छन् । त्यो बाहेक राष्ट्रिय राजनीतिमा भ्रष्टाचारका विषय र सुशासनका विषय बढी उठाएका छन् ।’

त्यस्तै, उनले विकास निर्माणमा जोड दिने बताए । उनले यसका लागि सरकारी निकाय, स्थानीय निकाय, प्रदेशका निकाय र संघका निकायहरुसँग आफूले दवाव दिने र पहल गर्ने बताए । उनले सार्वजनिक शिक्षा सुधारको विषयलाई अगाडी बढाउने बताए ।

पूरा भिडियो हेर्नुहोस् :

https://youtu.be/HiAE3GrbObg

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट