२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

संसद्‌मा पहिलो पटक भूगर्भविद् पुग्ने आशाः मतदाताले विवेक प्रयोग गर्नेमा उम्मेदवार शर्मा ढुक्क

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार कबिर शर्माले आज बिहान मूलपानीस्थित नेपाल राष्ट्र निर्माण माध्यमिक विद्यालय मतदान केन्द्रबाट आफ्नो मतदान सम्पन्न गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले लोकतन्त्रको यो महाकुम्भमा नागरिकको सहभागिताले नयाँ आशा जगाएको बताए ।

सबै मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उत्साह र उमङ्ग देखिएको उल्लेख गर्दै शर्माले यस पटक मतदाताले निकै सोच(विचार गरेर मात्र निर्णय लिने विश्वास व्यक्त गरेका छन् । उनले भने, मतदाताहरूले कुनै पनि बहकाउ, ह्विम वा आग्रह(पूर्वाग्रहमा नलागी आफ्ना सन्तानको भविष्यका लागि विवेकको प्रयोग गरेका छन् र गर्नेछन् भन्नेमा म विश्वस्त छु ।

विशेषज्ञ नेतृत्वको प्रतीक्षा

नेपालको संसदीय इतिहासमा पहिलो पटक एक भूगर्भविद्लाई नीति निर्माणको तहमा पुर्‍याउने अवसरका रूपमा यस निर्वाचनलाई हेरिएको छ । युवा ऊर्जा र नवीन सोचसहित संसद् छिर्ने तयारीमा रहेका शर्माले संसद्‌मा विशेषज्ञताको उपस्थिति अनिवार्य रहेको जिकिर गरेका छन् ।

उनले थपे, मुलुकको सुन्दर भविष्य, शान्ति र समुन्नतिका लागि नवीन सोच भएका युवाको नेतृत्व आवश्यक छ। मतदाताहरूले एक योग्य र भिजन भएको प्रतिनिधिलाई चुनेर संसद्‌मा पठाउनेछन् भन्ने मेरो दृढ विश्वास छ ।

उम्मेदवार शर्माले सम्पूर्ण मतदाताहरूलाई संयमित भएर मतदान प्रक्रियामा सहभागी हुन र शान्तिपूर्ण रूपमा आफ्नो मताधिकार प्रयोग गर्न समेत अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट