२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपाका सांसदहरुलाई संसद् छिर्नुअघि नीति र सुशासनको पाठ, आज रविले सम्बोधन गर्ने

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन बुधबार योग–ध्यान कक्षासँगै सुरु भएको छ । ललितपुरस्थित होटल टुलिपमा मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम आज समापन हुने कार्यतालिका छ ।

कार्यक्रमको अन्त्यमा पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य राख्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरू कार्यक्रममा सहभागी छन् । उनीहरूलाई संसदीय अभ्यास, विधायन प्रक्रिया, नीति निर्माण, संसदीय समितिको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया र निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम गर्ने विषयमा प्रशिक्षण दिइँदैछ ।

रास्वपाका अनुसार अभिमुखीकरण कार्यक्रममार्फत सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण तथा सार्वजनिक उत्तरदायित्वका विषयमा जानकारी गराइँदैछ । साथै पार्टीको नीतिगत प्राथमिकता र संसद् भित्र तथा बाहिर प्रभावकारी समन्वय गर्ने विषयमा पनि साझा धारणा विकास गरिने जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट