२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

समानुपातिकतर्फका ११० सांसदलाई आज प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाइँदै

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आजै निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाइने भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेपछि राष्ट्रपतिलाई निर्वाचन परिणामसहितको पूर्ण प्रतिवेदन पेश गरिनेछ ।

राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जित्दै राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ । आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ उक्त पार्टीका ५७ जना सांसद निर्वाचित भएका छन् ।

प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकबाट २० सिट प्राप्त गरेको छ भने प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १६ सिट पाएको छ ।

त्यस्तै प्रत्यक्षतर्फ ८ सिट जितेको नेपाल कम्युनिष्ट पार्टीले समानुपातिकबाट ९ सांसद पाएको छ । प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृति पार्टी र १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ समान ४र४ जना सांसद प्राप्त गरेका छन् ।

आयोगले प्रमाणपत्र वितरण र प्रतिवेदन पेशसँगै नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा सुरु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट