२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

शुक्रवार , चैत्र ६, २०८२

जलेश्वर (महोत्तरी) । प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई गौशालाको निरीक्षण गरेकी छन् । उनी आज दिउँसो महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुर टोलमा अवस्थित निगौल गाई गौशालाको निरीक्षण गरेकी हुन् ।

गाई गौशालाको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले समयसमयमा यहाँका गाईको अवस्था दयनीय रहेको गुनासा उठ्दै आएको कुरालाई सम्झँदै गाईको संरक्षण गर्न, गाईको सेवा गर्न र गाई गौशालालाई रोजगारीको अवसरका रूपमा संरक्षण गर्न सुझाव दिइन् । उनले हिन्दू धर्ममा गाईलाई आमा मानिने गरिएकाले गाईमाथि कुनै पनि किसिमको शोषण हुन नदिन तथा यस गौशालालाई उद्योगका रूपमा विकास गरेर रोजगारी सृजना गर्न सल्लाह दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “हामी हिन्दूले चरा, मुसो, उल्लु सबैलाई पूजा गर्छौँ र श्वास भएका जीवजन्तुलाई सेवा गर्छौँ,सबैले मिलेर गाईको सेवा गर्नुपर्छ ।”

उनले मैथिली भाषामा बोलेर गाईको सेवा गर्न स्थानीयलाई सम्बोधन गरेकी थिइन् । महोत्तरीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रमोद महतोलाई यस गौशालाको समस्या समाधानका लागि पहल गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट