२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुको विरोध प्रदर्शन

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियान लगाएतका युवाहरुको समूहले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले जेनजी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा, कुन भ्रष्टलाई बेचिस? कार्की आयोगको प्रतिवेदन, कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर, जेनजीहरु नारामा आमा उता रारामा लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी शहीद र घाइतेहरुलाई अन्याय गर्न नपाइने उनीहरुले जनाएका छन् । साथै युवाहरुले जेनजी आन्दोलनको ढाडमा टेकेर नेताहरु सांसद बनेपनि जेनजी आन्दोलनको उदेश्य अझै पुरा हुन नसकेको जनाएका छन् ।

उनीहरुले सरकारी संरचना जलाउने र प्रहरीमाथि कुटपिट गर्ने जेनजी आफुहरु नभएको भन्दै भाद्र २३ र २४ का घटनामा दोषि देखिएकालाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपनि अझै सार्वजनिक हुन नसकेपछि युवाहरुले आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट