२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौँको बानेश्वरमा ज्ञानश्री स्कुलको शुभारम्भ, आधुनिक र अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने लक्ष्य

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । काठमाडौँको बानेश्वरमा अत्याधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ ज्ञानश्री स्कुलको औपचारिक शुभारम्भ गरिएको छ। ज्ञानश्री स्कुल काठमाडौँ मोडेल सेकेन्डरी स्कुल (केएमसी) बागबजार र युरो स्कुल छाउनीको सहकार्यमा स्थापना गरिएको शैक्षिक संस्था हो।

नयाँ शैक्षिक सत्रदेखि सञ्चालनमा आउने गरी बानेश्वरको लाखेचौरमा शनिबार आयोजित एक कार्यक्रमका बीच विद्यालयको औपचारिक शुभारम्भ गरिएको हो।

विद्यालयमा हाल नर्सरीदेखि कक्षा ७ सम्म अध्ययन–अध्यापन गराइनेछ। बालबालिकाको प्रारम्भिक शिक्षालाई आधुनिक र व्यवहारिक बनाउँदै भविष्यका लागि बलियो शैक्षिक आधार निर्माण गर्ने लक्ष्यसहित विद्यालय स्थापना गरिएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयले राष्ट्रिय पाठ्यक्रमलाई क्याम्ब्रिज अन्तर्राष्ट्रिय शिक्षण पद्धतिसँग संयोजन गरी अध्ययन–अध्यापन गराउने जनाएको छ। यस माध्यमबाट विद्यार्थीहरूमा शैक्षिक ज्ञानसँगै समालोचनात्मक सोच, सिर्जनशीलता, सञ्चार क्षमता र सहकार्य जस्ता अन्तर्राष्ट्रियस्तरका सीप विकास गरिने विश्वास विद्यालयले लिएको छ।

अनुभवी टोलीको नेतृत्व

विद्यालयको अध्यक्षमा केएमसी शैक्षिक नेटवर्कका अध्यक्ष रामेश्वर अर्याल रहेका छन्। शिक्षा क्षेत्रमा लामो अनुभव भएका अर्यालको नेतृत्वमा केएमसी नेटवर्कले गुणस्तरीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

विद्यालयका निर्देशकहरूमा शिक्षा क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरू आबद्ध रहेका छन्। मनोज पराजुली, डा. दुर्गा जंग के.सी., अनिश ढकाल, सुरेन्द्र सुबेदी, वाणी आर.एस. राणा, सदिच्छा श्रेष्ठ र कविता अधिकारी विद्यालयको नेतृत्व टोलीमा रहेका छन्।

विद्यालय प्रशासनका अनुसार अनुभवी शैक्षिक टोली, आधुनिक शिक्षण पद्धति र अन्तर्राष्ट्रिय दृष्टिकोणका साथ नयाँ पुस्तालाई सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने लक्ष्य लिइएको छ।

विद्यालयले आगामी वर्षहरूमा कक्षाहरू क्रमशः थप गर्दै पूर्ण माध्यमिक तहसम्म विस्तार गर्ने योजना रहेको जनाएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट