२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । पार्टीको साङ्गठनिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न यो बैठक आह्वान गरिएको बुझिएको छ ।

यसअघि आइतबार सम्पन्न तीन दिने केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णयहरू गरेको थियो । उक्त बैठकले महामन्त्री गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्नुका साथै विभिन्न ६ बुँदे निर्णयहरू पारित गरेको थियो । आजको बैठकमा अघिल्लो बैठकका निर्णयहरूको कार्यान्वयन र थप रणनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट