२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै, चैत १२ गते अन्य सांसदलाई शपथ खुवाउने

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई आज पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य भएकाले उनलाई पहिलो पटक शपथ गराउन लागिएको हो ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना गरी कुल २७५ जना सांसद निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता केसी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

ज्येष्ठ सदस्य केसीले नै प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरुलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट