२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, ११ बुँदे एजेण्डामाथि आज पनि छलफल हुने

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्न लागेको हो । बुधबारदेखि सुरु भएको बैठकमा प्रस्तुत एजेण्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।

हिजोको बैठक पार्टी सभापति शेरबहादुर देउवा को अध्यक्षतामा सुरु भएको थियो । बैठकमा महामन्त्री प्रदीप पौडेल ले ११ बुँदे कार्यसूची प्रस्तुत गरेका छन् । उक्त एजेण्डामा पार्टीको साङ्गठनिक सुदृढीकरण, आगामी निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा सरकारसँगको सम्बन्धलगायत विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रदेश सभापतिद्वय कृष्णप्रसाद यादव र इन्द्रबहादुर बानियाँसहित २८ जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । धारणा राख्नेहरूमा अजयबाबु शिवाकोटी, भरतकुमार शाह, रेशमबहादुर बानियाँ र जीतनारायण श्रेष्ठलगायत नेता रहेका छन् ।

बैठकमा विशेषगरी प्रतिनिधिसभाको निर्वाचन प्रणाली (प्रत्यक्ष १६५ र समानुपातिक ११० सिट) को प्रभावकारिता, पार्टीको आन्तरिक संरचना तथा आगामी रणनीतिबारे गम्भीर छलफल भइरहेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

हिजो बोल्न बाँकी रहेका अन्य केन्द्रीय सदस्यहरूले आज धारणा राख्ने कार्यतालिका रहेको छ । जारी बैठकले कांग्रेसको आगामी राजनीतिक दिशा तथा सत्ता समीकरणप्रतिको दृष्टिकोण स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट