२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट लिए शपथ

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन् ।

७८ वर्षीय केसी गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन् । संसद्को सबैभन्दा ज्येष्ठ सदस्य भएकाले उनले नयाँ सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता समेत गर्नेछन् ।

आज राष्ट्रपतिबाट शपथ लिएसँगै केसीले भोलि चैत १२ गते, बिहीबार प्रतिनिधिसभाका अन्य २७४ जना सदस्यहरूलाई सामूहिक रूपमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद निर्वाचित भएका छन् । केसीको शपथसँगै नयाँ संसदले औपचारिक रूपमा आफ्नो कार्यसंचालनको प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट