२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

काठमाडौं महानगरले हरेक शनिबार सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम गर्ने

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बैशाख ५ गतेदेखि हरेक शनिबार काठमाडौँको प्राचीन असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम आयोजना गर्ने भएको छ ।

काठमाडौँ महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै असन क्षेत्रको मौलिकतालाई जोगाउन हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो । काठमाडौंको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

कमलाछी चोक, भोटाहिटी चोक र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम आयोजना हुने उनले बताए ।

प्रवर्धन कार्यक्रमको सुरुवातसँगै सो क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेशमा रोक लगाइने प्रवक्ता मानन्धरले जानकारी दिए ।

यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिने महानगरले जनाएको छ । यस कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्ने महानगरको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट