काठमाडौँ । सरकारले उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने निर्णय गरेपछि स्थानीयहरू विरोधमा उत्रिएका छन् ।
सुकुमबासी बस्तीमा डोजर चलाउने सरकारको उक्त निर्णय रोक्न माग गर्दै सुकुम्बासीहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय वनस्थली पुगेका हुन् ।
रास्वपा केन्द्रीय कार्यालयमा सुकुमबासी जानुअघि नै सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो । शनिबार बिहानैदेखि डोजर चलाउने तयारी गरिएको भन्दै सुकुम्बासीहरूलाई बस्ती खाली गर्न सूचना दिइएको थियो ।
सरकारको यो निर्णयविरुद्ध उनीहरू आक्रोशित भएर आन्दोलनमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस