२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वास्तविक सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्राचार

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुमबासीको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्राचार गरेको छ ।

यही वैशाख १२ गतेदेखि काठमाडौँको बागमती किनारसहित विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुमबासीका अवैध घरटहरा हटाउने भन्ने विषयमा आयोगले वास्तविक सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्राचार गरेको हो ।

आयोगले पत्राचारमा भनेको छ, “आयोगका सिफारिस र सर्वोच्च अदातलबाट भएका आदेशको कार्यान्वयन गर्दै वास्तविक सुकुमबासीको पहिचान एवं आवश्यक व्यवस्थापन गरी अतिक्रमित जग्गाका घरटहरा खाली गराउने क्रममा अत्यधिक बलको प्रयोग नगर्न/नगराउन र संयमित हुन नेपाल सरकारसँग आग्रह गर्दछ ।”

आयोगले विगतमा गरेका सिफारिसको कार्यान्वयन भए/नभएका सम्बन्धमा जानकारी माग गर्दै आजै नेपाल सरकारलाई पत्राचार गरेको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्ले जानकारी दिए । “आयोगबाट विसं २०६९ जेठ १ गते वास्तविक सुकुमबासीको पहिचान गरी निजहरूको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र सुकुमबासी व्यवस्थापन गर्ने, अन्य अवैध संरचना हटाउन सिफारिस गर्ने निर्णय भएको थियो”, उनले भने ।

उनका अनुसार पत्रमा उक्त निर्णयसहित सिफारिस कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाइएको व्यहोरा पुनःस्मण गराउँदै सिफारिस कार्यान्वयन भए–नभएको अवस्थाको प्रगति विवरण माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट