२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुकुमबासी बस्तीमा बस्ने २३ परिवारले सूची दर्ता गराए

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुमबासी बस्तीमा बस्ने २३ परिवारले सूची दर्ता गराएका छन् ।

सुकुम्वासी बस्ती खाली गरि त्यहा बस्नेलाई सूची दर्ताका लागि त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा पुराइएको थियो । त्यमध्ये २३ परिवारले आफुहरु घरबारविहीन भएको सूची दर्ता गराएको काठमाडौं उपत्यका विकास प्राधिकरणकी सूचना अधिकारी प्रकृति केसीले जानकारी दिइन् ।

त्यस्तै उनले २३ परिवार मध्ये पनि ५ जना परिवारलाई अस्थायी बसोबासका लागि किर्तिपुर पठाइएको बताइन् । सूचि दर्ता गराएका अन्य परिवारले भने अहिलेका लागि आफै बसोबासको व्यवस्था गर्ने जनाएको उनले जानकारी दिइन् ।

सरकारले थापाथलीस्थित बागमती नदी किनार, गैरिगाँउ र मनोहरामा रहेका सुकुम्वासी बस्ती हटाएर त्यहा बस्दै आएका वास्तविक सुकुम्वासीको पहिचान गरि राज्यले उचित व्यवस्थापन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट