काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्वासी बस्ती पनि हटाइएको छ ।
अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान अन्तर्गत शनिबार नै गैरीगाउँको सुकुम्वासी बस्ती पनि डोजर लगाएर हटाइएको हो ।
थापाथली सुकुम्वासी बस्तीको तुलनामा गैरीगाउँमा पक्की संरचनाहरु बनाइएको पाइएको छ । बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । बस्ती हटाउने क्रममा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । यद्यपी सुरक्षाकर्मीहरूलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस