२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसदीय गरिमा कायम गर्नुपर्नेमा राष्ट्रियसभाका सांसदहरूको जोड

बुधवार , बैशाख ३०, २०८३

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा वृद्धि हुने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले सङ्घीय संसद्को संयुक्त बैठकको सन्दर्भमा उठेका प्रश्नको सरकारसँग जवाफ माग गरे ।

सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउन श्रेयस्कर हुने भएकाले अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराए ।

सांसद सुरेश आलेमगर र रोशनी मेचेले संसदीय मर्यादा सबै पक्षबाट पालना हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ