२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुस्ताङमा पहिलो पटक 'एआई ड्रोन' प्रविधिद्वारा वन गस्ती सुरु

बुधवार , जेठ ६, २०८३

मुस्ताङ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ । 

मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो । यहाँको कठिन भूगोल र यहाँका उच्चस्थानका न्यून मानव वस्ती रहेका स्थानमा वन अनुगमन गर्नका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो ।

एक्याप संरक्षित वन तथा वनपैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी शिकारीलगायत वन क्षेत्रहरुमा हुने विभिन्न प्रकारका अवाञ्छित गतिविधि नियन्त्रणका लागि उक्त प्रविधि प्रयोगमा ल्याइएको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिए ।  थकालीका अनुसार वारागुङ मुक्तिक्षेत्र–१ को लुप्रा लेंक र घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखुलेंक लगायतका स्थानमा गस्ती गर्ने कार्य भइसकेको छ ।

एक्याप जोमसोमले यार्सा गुम्बा टिप्ने सिजन चलिरहेको अवस्थामा एआई ड्रोन प्रविधिद्वारा छड्के अनुमगन गरिहेको छ ।  यार्सा सङ्कलन गर्ने व्यक्तिबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप तथा वन तथा उच्चलेंकमा पासो थाप्ने र बन्दुक बोकेर गैरकानुनी रुपमा वन्यजन्तुको चोरी शिकारी गर्ने तथा आगलागीको जोखिम सृजना गर्नसक्ने भएकाले छिटोछरितो रुपमा आधुनिक प्रविधिको प्रयोग गरी एआई ड्रोन क्यामेराले वन गस्ती गरिएको हो ।

एक्याप जोमसोमले उक्त ड्रोनको तौल १०६३ ग्रामको रहेको छ । ड्रोनले करिब १५ देखि २० किलोमिटर दुरीसम्म जानसक्छ छ किलोमिटर उचाइसम्म पुग्नसक्छ । ड्रोनलाई प्रतिघण्टा ९० देखि ९७ किलोमिटर गतिमा उडाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार