२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आफ्नै दलका सांसदमाथि छानबिन गर्न आशिकाको माग, भनिन्: 'गलतलाई गलत भन्न छोड्नु हुँदैन'

बुधवार , जेठ ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे पार्टीभित्रै छानबिनको माग उठेको छ । रास्वपाकी सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएकी हुन् ।

सांसद तामाङले महिलाको अस्मिता र मातृत्वको विषय संवेदनशील भएकाले सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा राखेकी छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन्, “महिला चाहे त्यो स्वदेशी होस् वा विदेशी, आखिर यो धर्तीकी आमा हुन् । देखिएका सबै कुरा सत्य नहुन पनि सक्छन्, तर सत्य जसरी बाहिर आइरहेका विषयहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ ।”

आफ्नै दलका सांसद विवादमा तानिएपछि उनले पार्टीभन्दा माथि उठेर न्यायको पक्षमा उभिनुपर्ने बताएकी छन् । “पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो यो संसार हो । यहाँ कसैलाई अन्याय हुनुहुँदैन । यदि कसैले अन्याय गर्छ भने, चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, गलतलाई गलत भन्न छोड्नु हुँदैन,” उनले उल्लेख गरेकी छन् ।

पछिल्लो समय एक नाइजेरियन युवतीले सांसद कार्कीसँग आफ्नो सम्बन्ध रहेको तथा आफू गर्भवती भएपछि उनले बेवास्ता गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो र केही प्रमाण सार्वजनिक गरेकी छन् । उक्त प्रकरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार