२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सत्तारुढ दलका सांसदहरुले पुराना दलका सांसदहरुलाई अमानवीय व्यवहार गरे : सांसद बराल

बुधवार , जेठ ६, २०८३

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरुले पुराना दलका सांसदहरुलाई अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् । 

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले सत्तारुढ दलका सांसदहरुले बोल्ने क्रममा पुराना दलका सांसदहरुलाई होच्चाउने र अमानवीय व्यवहार गर्ने गरेको भन्दै आपत्ति जनाएकी हुन् । 

उनले संसदभित्र सवै सांसदहरुको हैसियत बराबर भएको र आफुहरु बादविवाद नभइ जनताका कुरा राख्न आएको धारणा राखिन् । उनले सत्तारुढ दलका सांसदहरुले सदनमा राखेका अशिष्ट व्यवहारप्रति तत्काल ध्यानाकर्षण गर्दै त्यस्ता शव्दहरु रेकर्डबाट हटाउन माग गरिन् । 

उनले बिपक्षी दलका सांसदहरुले बोलेका शव्दहरु हटाउन सभामुखको तत्काल ध्यानकर्षण हुने तर सत्तापक्षका सांसदले बोलेका अशिष्ट शव्दहरुप्रति भने सभामुखको ध्यानाकर्षण नभएको बताइन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ