२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रास्वपा सभापति रवि लामिछानेले आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शुक्रबार) पार्टीका संघीय सांसदहरूसँग विशेष छलफल गर्ने भएका छन् । उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छुट्टाछुट्टै समय निर्धारण गरी छलफल गर्न लागेका हुन् ।

रास्वपा प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ः०० बजेबाट छलफल सुरु हुनेछ भने मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेबाट छलफल हुने तय गरिएको छ । दुवै समूहसँगको छलफल करिब दुई–दुई घण्टा चल्ने बताइएको छ ।

सभापति र सांसदहरूबीच हुने छलफलको औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि पार्टीले सांसदहरूबाट प्राप्त सुझाव र पृष्ठपोषणका आधारमा छलफल आयोजना गरिएको जनाएको छ । छलफलमा समसामयिक राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा प्रदेशगत संगठन सुदृढीकरणका विषयमा समीक्षा हुने अनुमान गरिएको छ ।

रास्वपाले प्रारम्भिक चरणमा कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल सुरु गरेको हो । बाँकी प्रदेशका सांसदहरूसँग भने पछि छुट्टै कार्यतालिका बनाएर छलफल गरिने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ