२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

एमाले प्रमुख सचेतक महरको प्रश्न : ठेकेदारको कुन खुट्टा भाच्ने मन्त्री ज्यु

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं / प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ठेकेदारप्रति दिएको अभिव्यक्तिमाथि आपत्ति जनाउदै मन्त्रीसँग जवाफ मागेका छन् ।

बैठकमा बोल्दै महरले मन्त्रीले ठेकेदारको ‘खुट्टा भाँच्ने’ भन्ने अभिव्यक्ति दिएको प्रसंग उठाउँदै त्यसको कानुनी आधारबारे प्रश्न गरे। उनले व्यंग्यात्मक शैलीमा ‘ठेकेदारको दाहिने कि देब्रे खुट्टा भाँच्ने हो?’ भन्दै यस्तो भनाइ कानुनसम्मत र मन्त्रीको हैसियतअनुसार उचित हो कि होइन भन्ने स्पष्टिकरण माग गरे ।

महरले मन्त्रालयले ठेकेदारहरूलाई बोलाएर धम्क्याउने जस्ता गतिविधि भइरहेको भन्ने आरोप पनि लगाउँदै त्यसबारे सरकारको आधिकारिक धारणा माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट