२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

काठमाडौं–पोखरा ‘एक्सप्रेस वे’को अध्ययन यसैवर्ष थाल्छौँ : मन्त्री लम्साल

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौंदेखि पर्यटकीय शहर पोखरा २ घण्टामै पुग्नेगरी एक्सप्रेस वे (द्रुतमार्ग)को अध्ययन थाल्ने बताएका छन् । 

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले काठमाडौं–पोखरा ‘एक्सप्रेस वे’को अध्ययन यसैवर्ष थालिने बताएका हुन् ।

बजेटमा यो कार्यक्रम समावेश भएको भन्दै उनले २ घण्टामै पुग्नेगरी पोखरा–बुटवल ‘एक्सप्रेस वे’ को ठेक्का यसैवर्ष लाग्ने बताए । यसको कार्ययोजना अगाडि बढाइएको पनि उनले बताए । 

६ सय अर्ब लगानीमा ८ वटा पर्यटकीय राजमार्ग बनाउने सरकारको लक्ष्य रहेको उनले बताए । उनले अपिनप्पा र पाथीभरालाई जोड्ने गरी एक्सप्रेस वे बनाउने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट