२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

लुम्बिनी लायन्सले सार्वजनिक गर्‍यो रिटेन्ड खेलाडीको सूची, रोहित पौडेलसहित ७ खेलाडी कायम

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । आगामी संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले आफ्नो रिटेन्ड खेलाडीको सूची सार्वजनिक गरेको छ।

लुम्बिनीले कप्तान रोहित पौडेललाई मार्की खेलाडीका रूपमा कायम राख्दै सात खेलाडीलाई टोलीमा निरन्तरता दिएको हो।

टोलीले सुन्दीप जोरा, शेर मल्ल, दिनेश अधिकारी, दिलीप नाथ, अभिषेक गौतम र तिलक भण्डारीलाई पनि आगामी सिजनका लागि रिटेन्ड गरेको छ।

रिटेन्ड खेलाडीको सूची सार्वजनिक भएसँगै लुम्बिनी लायन्सले नयाँ सिजनको तयारीलाई तीव्र बनाएको संकेत दिएको छ। टोलीले अघिल्लो सिजनका मुख्य खेलाडीहरूलाई जोगाउँदै बलियो आधार तयार गरेको छ। समर्थकहरूले पनि यसपटक टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन्। लुम्बिनी एनपीएल सिजन–२ को विजेता टोली समेत हो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट