२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

अमेरिकी कार्यवाहक राजदूतसँग कानुनमन्त्री गौतमको भेट, पारस्परिक कानुनी सहायता र लगानी प्रवर्द्धनमा छलफल

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत स्कोट अर्बमले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

नेपाल सरकारले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूका विषयमार्फत भ्रष्‍टाचारको उन्मूलन, शासकीय सुधार  हुने कुरामा विश्‍वास गरी यसमार्फत अमेरिकी कम्पनीहरूले नेपालमा लगानी गर्न उत्साहित बनाएको भेटका क्रममा कार्यवाहक राजदूत अर्बमले बताए ।

मन्त्री गौतमले अमेरिकी सरकारसँग पारस्परिक कानूनी सहायताका सन्दर्भमा  यस मन्त्रालयबाट पूर्वगृहकार्य भइसके‍‍को हुँदा यस विषयलाई टुङ्‍गो लगाउनेतर्फ अघि बढ्‍नुपर्ने उल्लेख गरिन् ।

WhatsApp Image 2026-06-18 at 4.03.57 PM.jpeg

मानव बेचविखन तथा ओसारपसार, लगानीको प्रबर्द्धन र पूर्वाधार विकासका विषयमा समयानुकूल कानून निर्माण गर्ने विषयमा सार्थक छलफल भयो ।

न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीनै तहका कानूनहरूको एकै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन कार्य गरिरहेको विषयमा जानकारी मन्त्री गौतमले दिइन् ।

साथै, एकीकृत कानूनी सहायता र  संक्रमणकालीन न्यायका विषयमा अमेरिकी सरकारसँग सहकार्य गर्न खुला रहेको सन्देश उनले दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट