२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

एआईदेखि रोबोटिक्ससम्म, विद्यार्थीका ५५ बढी नवप्रवर्तन एकै ठाउँमा

बुधवार , आषाढ १०, २०८३

काठमाडौँ । टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदैछ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । प्रदर्शनी असार ११ र १२ गतेसम्म चल्नेछ ।

कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ । यस वर्ष ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ विभिन्न पाँच वटा प्राविधिक क्षेत्रमा विभाजन गरिएको छ । कम्प्युटर भिजन र कृत्रिम बुद्धिमत्ता (एआई), आइओटी र रोबटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी विभिन्न पाँच वटा क्षेत्रमा विभाजन गरिएको छ ।

यस इन्नोभिष्टामा भर्खर प्लस टु सकेका विभिन्न कलेजका ३४ भन्दा बढी विद्यार्थीले एक साता प्रेसिडेन्सियल ग्य्राजुएट स्कुलका विद्यार्थीहरूको मेन्टरसीपमा टेक्नोभर्सिटी प्याभिलियनमा विभिन्न इनोभेसनहरू प्रदर्शनी गरिने छ । यस विधाका विजेतालाई एक लाख रुपैयाँसम्मको पुरस्कार प्रदान गर्ने कलेजले जनाएको छ ।

यो कार्यक्रम प्लसटु उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आईटीमा गहिरो रुचि र चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित छ । प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो उत्सवमा प्रवेश निःशुल्क छ ।

विद्यार्थीद्वारा निर्मित परियोजनाको प्रदर्शनी, अमेरिकन विश्वविद्यालयसँग सम्बद्ध प्रेसिडेन्सियल ग्राजुएट स्कुलले बीएससी आईटी; एमएससी आईटी; बीबीए; एमबीए; एमबीए डाटा एनालिटिक्स; बीएस्सी साइबर सेक्युरिटी; एमबीए आईटी; बीएस्सी आर्टिफिसिएल इन्टेलिजेन्ट; एमबीए फाइनान्स एण्ड इकोनोमिक्स जस्ता कार्यक्रमहरू सञ्चालन गर्दछ । यसका साथै प्रेसिडेन्सियलले यसै वर्षदेखि ‘स्किल अप डिपार्टमेण्ट’को पनि सुरुवात गरेको छ ।

यहीँ अध्ययन गरिरहेका विद्यार्थीलाई विभिन्न कम्पनीका मानव व्यवस्थापन विभाग (एचआर डिपार्टमेण्ट)बाट म्यानेजरहरूलाई बोलाइ बजारको बारेमा जानकारी गराइन्छ । जसले गर्दा विद्यार्थीहरूलाई बजारको बारेमा जानकारी मिल्छ र आफूलाई त्यसैअनुसार तयार हुनको लागि प्रेरणा मिल्नेछ ।

 आफ्ना विद्यार्थीहरूलाई रोजगारीका लागि तयार गर्ने मात्रै होईन रोजगारीका लागि सहजीकरण गर्ने, आफ्नै व्यवसाय गर्न चाहनेलाई विजनेस इक्युभेसन सेन्टर मार्फत सहयोग गर्ने गर्दछ । साथै, दीक्षित विद्यार्थीलाई पनि काम गर्दा गर्दै कुनै सीप सिक्न मन लागेमा प्रेसिडेन्सियल स्कुलले नै निःशुल्क सीप सिकाउने छ ।

यो इभेन्टमा बीएससी आईटीका विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५५ भन्दा बढी परियोजना प्रदर्शन गर्नेछन् । करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

प्रदर्शनीका केही उल्लेखनीय परियोजनाहरूमा पुष्प वृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबोट (गीतमा नाच्ने), इमोसन डिटेक्सन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर संगीत सिफारिस गर्ने) लगायत छन् ।

साइबर सुरक्षा र अन्य नवप्रवर्तन
साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्नसक्ने केसीले बताए । स्मार्ट सिँचाइ, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली) र टुरिजम प्रवद्र्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शन गरिनेछ । प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराद्वारा रिमोटली नियन्त्रण हुने गाडी पनि राखिनेछ ।

उद्यमशीलताको प्रोत्साहन
स्कुलको विजनेस इक्युभेसन सेन्टरले यी परियोजनालाई व्यावसायिक बनाउन सहयोग गर्छ । आईटी र विजनेस विद्यार्थीहरूको सहकार्यले यी परियोजनालाई बजार र लगानीका लागि तयार पारिन्छ । “नेपालमा पनि यस्ता नवप्रवर्तन सम्भव छन् भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो,” कार्यकारी अध्यक्ष केसी भन्छन्, “यी परियोजनाहरू विद्यार्थीहरूले स्क्र्याचबाट बनाएका हुन्, र हामी यसलाई हरेक वर्ष निरन्तरता दिनेछौँ ।”

हाल १४ सय विद्यार्थी अध्ययनरत यो स्कुलमा ९० भन्दा बढी प्राध्यापक र ४५ भन्दा बढी व्यवस्थापन कर्मचारी छन् । प्रेसिडेन्सियल ग्राजुएट स्कुलका निर्देशक तथा प्रिन्सिपल कल्पना गुरुङले वेस्टक्लिफ युनिभर्सिटीको सहकार्यमा क्रेडिट ट्रान्सफर सुविधाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनको थप अवसर दिने जानकारी दिइन् ।

“यो इभेन्ट हरेक वर्ष आयोजना हुनेछ । उद्योगी र लगानीकर्ताहरूलाई आमन्त्रित गरी विद्यार्थीहरूलाई रोजगारी र स्टार्टअप अवसर प्रदान गरिनेछ । यो इभेन्टले नेपालमा सूचना प्रविधि र व्यापारका क्षेत्रमा नयाँ सम्भावना उजागर गर्दै भविष्यका नवप्रवर्तकहरूलाई थप प्रेरित गर्नेछ,” गुरुङले भनिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट